नेभिगेशन
शुक्रबार, मंसिर ४, २०८३

लगातार २ दिन दाेहाेराे अङ्कले घटेकाे नेप्से आज सामान्य बढ्याे

काठमाण्डाै – लगातार दुई दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३.६२ अङ्कले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १३८ वटा कम्पनीको शेयर बढेकोमा १३२ वटाको घटेको छ । १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज बोटलर्स नेपाल (बालाजु) को शेयर ६ प्रतिशतले बढेको छ । एभरेस्ट कलरको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीको ९४ लाख ३७ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ