नेभिगेशन
शुक्रबार, मंसिर ४, २०८३
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुग्याे

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेकाे छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब १४ कराेड रुपैयाँ पुगेको छ । यो सञ्चिति झन्डै २० महिनाको वस्तु आयातका लागि पर्याप्त हो ।

यस्तै तीन महिनामा चालू खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता २ खर्ब ३८ अर्ब रुपैयाँले बचतमा रहेको थियो ।

यस अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा थियो ।

यस्तै गएको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको छ । गएको वर्षको यही महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति १.४७ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति:
थप अर्थ