नेभिगेशन
शुक्रबार, मंसिर ४, २०८३

असाेजमा भित्रियाे कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २ खर्ब ६७ अर्ब

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा कीर्तिमानी २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो रकम अहिलेसम्मकै धेरै हो । यसअघि गएको वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

योसँगै चालू आर्थिक वर्षको तीन महिना – साउन, भदौ र असोज– मा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।

यस्तै चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि १ लाख २१ हजार ८७९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ८२ हजार ३६९ रहेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको थियो ।

प्रकाशित मिति:
थप अर्थ