नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

आज विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाण्डौ – आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष आजका दिन दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१ र २०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो । टेलिभिजनलाई जनमत निर्माण गर्ने, सूचना/समाचार प्रवाह गर्ने र चेतना अभिवृद्धि गर्ने प्रभावशाली सञ्चारमाध्यमका रूपमा स्वीकार गर्दै राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

सञ्चार, शिक्षा, सूचना तथा मनोरञ्जनका क्षेत्रमा टेलिभिजनको महत्वपूर्ण योगदान रहेको छ । पछिल्ला वर्ष सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल तथा सामाजिक सञ्जालको प्रभाव बढ्दै गए पनि सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा टेलिभिजनको भूमिका उत्तिकै प्रभावकारी रहेको छ । 

प्रकाशित मिति:
थप समाज