नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

नेपाली धाविका सन्तोषीले जितिन् दुई स्वर्ण

काठमाण्डौ – नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जितेकी छन् ।

हुलुमालेमा रहेको सेन्ट्रल पार्कमा भएको प्रतियोगितामा सन्तोषीले महिला हाफ म्याराथन र ५ किलोमिटर दौडमा स्वर्ण पदक हात पारेकी हुन् । उनले हाफ म्याराथनको दूरी १ घण्टा २६ मिनेट ३९ सेकेन्डमा पूरा गरिन् ।

यस विधामा माल्दिभ्सकी आइसाथ जिनानी इब्राहिमले रजत र फाथिमथ सिजाले कांस्य पदक जिते । दुवै विधाको स्वर्णसँगै सन्तोषीले झण्डै २ हजार ३ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेकी छन् ।

पुरुष हाफ म्याराथनमा नेपालका सन्तोषविक्रम विष्ट एक सेकेन्डले पछि पर्दै रजत पदकमा सीमित भए । वर्ल्ड एथलेटिक्सबाट मान्यताप्राप्त यस प्रतियोगितामा विभिन्न देशका ५ हजार ५ सय धावकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
थप खेलकुद