नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

गगन थापा नेतृत्वकाे नेपाली कांग्रेस निर्वाचन आयोगबाट अद्यावधिक

काठमाण्डाै – निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ । आयोगको हिजो बसेको बैठकले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डाैमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

महाधिवेशन सम्पन्न भएपछि गएको कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज तथा समसामयिक राजनीतिक निर्णयहरूसहितको कागजात निर्वाचन आयोगमा पेश गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी वा कार्यसमिति हेरफेर गरेपछि आयोगमा जानकारी गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यही प्रक्रिया र कागजातका आधारमा दल दर्ता किताबमा पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति