नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

नवौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, योगदानकर्ताको अर्बाैँ रकम लगानीको पर्खाइमा

काठमाण्डाै – आज नवौँ सामाजिक सुरक्षा दिवस मनाइँदैछ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको ९ वर्ष पुगेको छ ।

२०७५ साल मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । २०७५ सालको मङ्सिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको संविधानले हरेक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सामाजिक सुरक्षा कोषमार्फत आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम गर्दै आएको छ ।

कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रका झन्डै ३३ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सूचीकृत रोजगारदाता २४ हजारको सङ्ख्यामा रहेका छन् । कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ लगानीको पर्खाइमा छ ।

सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग मात्रै ११ खर्ब रुपैयाँभन्दा धेरै रकम छ । यो रकम विभिन्न पूर्वाधार, सरकारी ऋणपत्र र अन्य क्षेत्रमा लगानी गर्न सकिन्छ ।

प्रकाशित मिति:
थप अर्थ