नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्न निरन्तर बजेट विनियाेजन गर्छाैँ : अर्थमन्त्री वाग्ले

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आउँदो बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताउनुभएको छ ।

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले यस वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । आउँदा वर्षहरूमा समेत सामाजिक सुरक्षाको दायरा विस्तारका लागि निरन्तर बजेट विनियोजन गर्दै जाने उहाँले बताउनुभयो ।

सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न अबका पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले अत्यन्त न्यून आय भएका तथा विपन्न वर्गलाई राज्यले सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा दिनुपर्ने र योगदान गर्नसक्ने आय भएका नागरिकलाई सामाजिक बीमाको दायरामा ल्याउनुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक उत्पादकत्व बढाउनसमेत सहयोग गर्ने उहाँको विश्वास छ ।

विभिन्न देशमा भएका प्रभाव मूल्याङ्कनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा विशेषगरी साना तथा मझौला उद्यममा समेत उत्पादकत्व वृद्धि हुने देखाएका अर्थमन्त्री वाग्लेले बताउनुभएको छ ।

प्रकाशित मिति:
थप अर्थ