नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली क्षेत्रमा अहिले आंशिक बादल लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाकाअनुसार आज, भोलि, पर्सि र मंगलबारसम्म नै यी क्षेत्रको हिमाली एक–दुई ठाउँमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।

बिहानपख उपत्यका र खोँचहरू तथा तराई भागका थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।  आज बाँकी अरु सबै क्षेत्रमा मौसम मुख्यतया सफा छ ।

प्रकाशित मिति:
थप समाज