नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

विज्ञानमन्त्री पुनको राजीनामा माग्दै नास्टका कर्मचारीकाे आन्दाेलन

काठमाण्डाै – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरूले जबरजस्ती ल्याइएको अध्यादेश र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै विरोध गरेका छन् ।

उनीहरूले अध्यादेश र नियमावली खारेज गर्नुपर्ने, मन्त्रालय र मन्त्रीको हस्तक्षेप रोक्नुपर्ने, खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिनुपर्ने र कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गरिनुपर्नेलगायत १२ बुँदे माग अघि सारेर आज नास्ट परिसरमा आन्दोलन गरेका छन् ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिई राजीनामा दिनुपर्ने उनीहरूको माग छ । कर्मचारीहरूले ‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ नारासहित विरोधलाई निरन्तरता दिनेसमेत जनाएका छन् ।

‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश २०८३’ र नियमावलीमा कर्मचारीहरूको विरोध रहेको छ । सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउनुपर्ने उनीहरूकाे भनाइ छ ।

– न्यूज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज