नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा १ अर्ब ४१ करोडको क्षति

काठमाण्डौ – भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा झण्डै १ अर्ब ४१ करोड रुपैयाँको क्षति पुगेको प्रतिवेदन मूल्याङ्कन समितिले सरकारलाई बुझाएको छ ।

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित १३ सदस्यीय मूल्याङ्कन समितिले भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई यो अध्ययन प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनअनुसार बाढीले कुल ४ सय ९ वटा गाडीमा क्षति पुर्‍याएको छ । यसमा विवरण खुलेका ३ सय ८४ वटा गाडीको मात्रै १ अर्ब ४० करोड ७३ लाख ७७ हजार ८ सय ७५ रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान छ भने बाँकी २५ वटा गाडीको क्षतिको विवरण खुल्न बाँकी छ ।

बाढीका कारण सबैभन्दा बढी ३ सय १२ वटा कन्टेनरमा क्षति पुगेको छ । त्यस्तै, ३९ वटा बस, ३३ वटा ट्रक, ९ वटा टिपर, ९ वटा मिनी तथा माइक्रोबस, ४ वटा पर्यटकीय गाडी, ३ वटा जिप तथा भ्यान, १ ट्रेलर र १ मोटरसाइकल बाढीले बगाएको तथा क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ ।

बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा संलग्न ७४३ जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रतिवेदनले पीडित परिवार तथा यातायात मजदुरहरूलाई उचित राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रकाशित मिति:
थप समाज