नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

शरद ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाण्डौ – शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा ५० हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ आरोहीलाई अनुमति प्रदान गरिएको हो ।

अनुमति लिएकामा एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन् । अनुमति लिनेमा सबैभन्दा धेरै फ्रान्सका आरोही रहेका छन् । विभागका अनुसार फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रसियाका १२४, बेलायतका ११२, जर्मनीका १०२, नेपालका ९०, स्पेनका ५६, स्वीट्जरल्याण्डका ५२, अष्ट्रेलिया ४६ र चेक रिपब्लिकाका ४२ आरोही रहेका छन् ।

विभागले विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत सरकारले ३३ करोड ४२ लाख ८६ हजार  हजार ६१७ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

विभागले सन् २०२६ को शरद् ऋतुमा नेपालका ५० हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख  ८६ हजार ६१७ रुपैयाँ सङ्कलन गरेको हो । 

प्रकाशित मिति:
थप समाज