नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

बोडेमा सुकुम्वासीले थाल ठटाएर प्रदर्शन गरे

भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापित सुकुम्वासीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय प्रशासनले सूचना निकालेर आज दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भन्दै खाना दिन बन्द गरेपछि उनीहरूले विरोध जनाएका हुन् ।

आफूहरूलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सुकुम्वासीहरूले आक्रोश व्यक्त गरेका छन् ।

हिजाे बिहीवार बेलुकी हाेल्डिङ सेन्टरमा पुगेर प्रहरीले आज दिउँसाे २ बजेसम्म खाली गर्न माइकिङ गरेको थियो । 

काठमाण्डौ उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित सुकुम्वासी परिवार बोडेमा बस्दै आएका थिए ।

यसैबीच सुरक्षा स्थितिलाई ध्यानमा राख्दै प्रहरी टोली पनि बोडे पुगेको छ ।

प्रकाशित मिति:
थप समाज