नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा १६ स्वर्णसहित बागमती च्याम्पियन

काठमाण्डाै – दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा बागमती प्रदेशले सर्वाधिक १६ स्वर्ण पदकसहित ३५ पदक जितेको छ ।

पौडीमा बागमतीले १६ स्वर्ण, ९ रजत र १० कास्यसहित टीम च्याम्पियन बन्यो । दोस्रोमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेको छ ।

त्यस्तै तेस्रोमा रहेको नेपाल आर्मी ७ स्वर्ण, १५ रजत र १७ कांस्य पदक प्राप्त गरेको छ । सर्वाधिक पदक जिते पनि स्वर्ण पदकको आधारमा आर्मी तेस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले ६ स्वर्ण, १४ रजत र १६ कांस्यसहित ३६ पदक प्राप्त गरेको छ ।

त्यस्तै कोशी प्रदेशले ३ स्वर्ण पदकसहित ३ पदक जित्दा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ४ रजत र १ कांस्यसहित ७ पदक प्राप्त गरेको छ । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता नेपालगन्ज रङ्गशालाको पौडी पोखरीमा भएको थियो ।

प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ एनआरएनएसहित ११ टोलीका झण्डै २०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद