नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

अस्ट्रेलियासँगकाे टी–२० शृङ्खलामा इङ्ग्ल्यान्डलाई २–१ काे अग्रता

काठमाण्डाै – तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ग्ल्यान्डले घरेलु टोली अस्ट्रेलियालाई ७ विकेटले हराएको छ ।

वर्षाका कारण खेल प्रभावित भएपछि इङ्ग्ल्यान्डले डीएलएसमा पद्धतिका आधारमा १६ ओभरमा ९३ रनको लक्ष्य पाएको थियो । इङ्ग्ल्यान्डले ८ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्याे । इङ्ग्ल्यान्डका जोर्डन कक्सले नटआउट ३३, एन्युरिन डोनाल्डले ३२ रन बनाए । अस्ट्रेलियाका राइली मेरेडिथले ३ विकेट लिए ।

यसअघि ब्रिसबेनमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले १६ ओभर ५ बलमा १०८ रन बनाउँदा सबै विकेट गुमाएको थियो । अस्ट्रेलियाका साम हार्परले २६, जेक–फ्रेजर म्याकगर्कले २२ रन बनाए । इङ्ग्ल्यान्डका जेमी ओभरटर्नले ५, लायम ड्वासनले ३ विकेट लिए ।

योसँगै पाँच खेलको टी–२० शृङ्खलामा इङ्ग्ल्यान्डले २–१ को अग्रता लिएको छ ।

यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला इङ्ग्ल्यान्डले २–१ ले जितेको थियो ।

प्रकाशित मिति:
थप खेलकुद