नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

बैतडी प्रशासनद्वारा 'फेसलेस’ सेवा शुरू

काठमाण्डौ- जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राही कार्यालयमा उपस्थित नभई सेवा लिन सक्ने 'फेसलेस’ सेवा शुरु गरेको छ । 

विकट भौगोलिक अवस्था र सर्वसाधारणले व्यहोर्नुपर्ने सास्ती तथा आर्थिक खर्चलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले यो सेवा सञ्चालनमा ल्याएको हो । प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार अब सेवाग्राहीले आवश्यक कागजात प्रशासनको इमेल ठेगानामा पठाएर घरैबाट आदिवासी–जनजाति, दलित तथा खस–आर्य समुदायको प्रमाणित सिफारिस लिन सक्नेछन् । 

कार्यालयमा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सिफारिस-पत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा पठाइने व्यवस्था गरिएको छ । यो सेवा लिन नागरिकतामा सम्बन्धित समुदायको थर स्पष्ट खुलेको हुनुपर्छ भने वडा कार्यालयको सिफारिस, निवेदन र नागरिकताको रंगीन प्रतिलिपि अनलाइनमार्फत पठाउनुपर्नेछ । 

प्रशासनको यो डिजिटल प्रयासले नागरिकको समय र यातायात खर्चको ठूलो बचत हुने अपेक्षा छ ।

प्रकाशित मिति:
थप समाज