नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

काठमाण्डौमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

काठमाण्डौ- काठमाण्डौमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाण्डौले आज निकालेको प्रेस विज्ञप्तिअनुसार काठमाण्डौ महानगरपालिका वडा नम्बर २८ टुकुचामा रहेको खसी बजारमा बाख्रीको मासुलाई खसीको मासु भनी बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । 

बिहान झण्डै ४ बजे जाँच गर्ने क्रममा झण्डै ५६७ किलोमा बाख्रीको मासु गाडीमा लोड गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानिया, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा रहेका छन् । 

यस्तै, काभ्रेका २७ वर्षीय टेक बहादुर तामाङ, २५ वर्षीय दिनेश महत र दोलखाका २१ वर्षीय निखिल उप्रेतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक एवं प्रवक्ता दान बहादुर थापाका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।   
 

प्रकाशित मिति:
थप समाज