नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ ।

हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहानपख उपत्यका र खोँचहरू तथा तराईका थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।

बाँकी अरु ठाउँमा मौसम सफा छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने महाशाखाको अनुमान छ ।

प्रकाशित मिति:
थप समाज