नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

१०औँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलकाे सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – कर्णाली प्रदेशमा आयाेजना भइरहेकाे १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सुर्खेतमा रहेको नेपाली सेनाको राजदल गण खेलमैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेसँगै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।

आर्मीका निराजन धामीले खेलको ५१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६८औँ मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

यसअघि एपीएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका थिए । अब सेमिफाइनलमा आर्मीले एपीएफ र कोशीले पुलिससँग प्रतिस्पर्धा गर्नेछन् ।

अब प्रतियोगिताका बाँकी सेमिफाइनल र फाइनल खेल जुम्लामा रहेको नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदानमा सञ्चालन हुनेछन् । जुम्लामा पहिलो पटक राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

आउँदो बुधवार मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने १०औँ राष्ट्रिय खेलकुदका खेल भने मङ्सिर ८ गतेदेखि शुरू भइसकेको छ ।

प्रकाशित मिति:
थप खेलकुद