हामी हिरा भएको ठाउँमा बसेर फलाम खोजिरहेका छौँ : मुख्यमन्त्री पौडेल

 पुस ४, २०७५ बुधबार १७:१५:३३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिराको ठाउँमा बसेर आफूहरु फलाम खोजिरहेको बताउनुभएको छ ।

धादिङको सिद्धलेेक पुगेर मुख्यमन्त्री पौडेलले आफूहरुले सम्भावना र अवसरहरुलाई चिन्न नसकेको औंल्याउनुभएको हो । ‘हामी हिरा नै हिरा भएको ठाउँमा बसेर फलाम खोजिरहेका छौँ’, मुख्यमन्त्री डोरमणि पौडेलेलले भन्नुभयो, ‘अब हामी सबै मिलेर विकासको सम्भावनाहरुलाई गाउँ–गाउँमा लागू गर्नुपर्छ ।’

बुधबार मध्य धादिङको सिद्धलेक गाउँपालिकाले आफ्नो भवन बनाएर उद्घाटन गर्ने तयारी गर्दा मुख्यमन्त्री डारमणि पौडेल पाहुनाको रुपमा यहाँ आउनुभएको थियो । गाउँपालिकाले आफैले भवनको निर्माण गरेको भन्दै मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनधिको प्रशंसा पनि गर्नुभएको थियो । उहाँले इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिने बताउनुभयो ।

‘इच्छाशक्ति भएका गाउँ–गाउँमा विकास गर्न समस्या हुँदैन’, मुख्यमन्त्री पौडेलले भन्नुभयो । मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ बुङचुङमा बुधबार गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गाउँ–गाउँका लागि बजेट पठाएकोले विकासको बजेटलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

३ नम्बर प्रदेश सम्भावना धेरै भएको र सम्पत्ती तथा श्रोतहरु भएकोले इच्छाशक्ति भए नागरिकले अनुभव गर्नेगरी विकास गर्न सकिने पौडेलले बताउनुभयो । सिद्धलेक गाउँपालकाले १५ रोपनी क्षेत्रफलमा सबै शाखाहरु अट्ने गरी १ करोड ८७ लाख ७९ हजार ८ सय ४८ रुपैयाँको लागतमा भवन निर्माण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण भट्टराइले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया