ओडार भत्किएर पुरिएका दुईजना गोठालाको शव भेटियो

 माघ १८, २०७५ शुक्रबार ७:११:२८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – रुवीभ्याली गाउँपालिका वडा नंं ४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि ओडारभित्र हराइरहेका दुईजना गोठाला पाँच दिन पछि ढुंगाले च्यापिएकाे अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।

लगातारको हिमपातपछि गोठाला गएको बेला सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूला ठूला चट्टान खसेर गएको पहिरोमा पुरिएर हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र त्यही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिन पछि उनीहरुको शव फेला पारेकाे सशस्त्र प्रहरी बल धादिङबेसी गुल्मप्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।

ओढार भित्र फसेका दुबैजना ठूलो ढुंगाले च्यापिएका थिए । खोजी कार्यमा प्रहरी निरीक्षक बस्नेतको नेत्तृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । स्थानीयबासी र आफन्तहरुले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए । 

पहिरोमा पुरिएका २ सय ६० वटा भेडा बाख्रा मध्ये जम्मा ४ वटा भने जिवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ । उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाईब्रेशन गराई ढुंगा फुटाएको थियो ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया