प्रदेश २ का विभिन्न जिल्लामा आगलागी हुँदा १८ लाखभन्दा बढीको क्षति

 फागुन ५, २०७५ आइतबार १८:३०:१९ | शैलेन्द्र महतो
unn.prixa.net

फाइल तस्बिर

धनुषा - प्रदेश २ का विभिन्न जिल्लाहरुको छुट्टछुट्टै स्थानमा आगलागी हुँदा १८ लाखभन्दा बढीको क्षति भएको छ ।

बाराको महागढिमाई नगरपालिका ६ पत्रहट्टीका ४५ वर्षीय पर्सुराम यादवले आफ्नै उखुबारीको पत्ती जलाउने क्रममा अन्य ६ जना व्यक्तिहरुको उखुबारीमा आगलागी हुँदा करिब  ११ लाख ६० हजार बराबरको क्षति भएको छ ।

यस्तै रौतहटको कटहरीया नगरपालिका-३ बिरतिका  हकिम मिया, हमिद मिया र जगत राय समेत ३ जनाको २५ कट्ठाको उखुबारीमा आगलागी हुँदा करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका-९ टिकुलियाका आलम मियाको गोठ घरमा अचानक आगलागी हुँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गोठ घरभित्र रहेको काठ, अन्नपात, लताकपडा  र गोठ नजिक रहेको परालको टौवा पुर्ण रुपमा जलेर नष्ट भएका छन्।

यस्तै सर्लाही ईश्वरपुर नगरपालिका-८ मनहर्वामा रहेको सगुन लालको कुखुराको फुसको खाली फर्ममा अचानक आगलागी हुँदा ३  लाख बराबरको क्षति भएको छ  भने सर्लाहीकै चक्करघट्टा गाउँपालिका ९ खोरियाका सन्तोष ठाकुरको घरमा एक्कासी ग्यास सिलिण्डरबाट आगो लाग्दा १ तल्ले फुसको घर जलेर  ७० हजार  बराबरको क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया