साैतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धादिङमा एक व्यक्ति पक्राउ

 फागुन २१, २०७५ मंगलबार २०:४१:४२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ- सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । 

पटक पटक बलात्कार गर्ने र घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिएका कारण घटना बाहिर आउन नसकेको प्रहरीले जनाएको छ । 

बेनिघाट रोराङ गाउँपालिका –४ का ४५ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई लामो समयसम्म बलात्कार गर्दै आएको र पछिल्लो पटक पीडितकी आमाले आफ्नै श्रीमानले छोरीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरेको घटना देखेपछि प्रहरीमा उजुरी गरेको बताइएकाे छ । 

आफूले विवाह गरेर ल्याएकी पत्नीको पहिलो श्रीमानपट्टिकी छोरीलाई बलात्कार गरेको घटना आफैले देखेको पीडितकी आमाले बताउनुभयाे ।

जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी परेपछि त्यसैको आधारमा पक्राउ परेका आरोपितलाई जबरजस्ती करणी मुद्दा र हाडनाता करणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । 

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले बताएकोे छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया