अलैँचीको भाउ आठ वर्षयताकै कम

 चैत २, २०७५ शनिबार ८:४६:५७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पूवी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैँचीको भाउ ८ वर्षयताकै कममा पुगेको छ । कुनै समय प्रतिमन (४० केजी)को एक लाख २० हजार सम्मममा बिक्री भएको अलैँची अहिले २४ हजारमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् ।

यो मूल्य ८ वर्षयताकै कम हो । पाँचथरमा शुक्रबार प्रतिमन २४ देखि २६ हजारमा कारोबार भएको थियो । अलैँची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान तथा व्यापारी चिन्तित बनेका छन् ।

अलैँची कारोबार हुने मुख्य सिजन असोज, कात्तिकको महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैँची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै वेच्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् ।

विगतका वर्षमा विभिन्न खालको प्रकोपको सामना गरेका अलैँची किसान अहिले आएर प्रकोप हटे पनि मूल्य बर्सेनि ओरालो लाग्दै जाँदा अलैँची पेशामा लागेका किसान निराश भएका छन् । 

अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा चार हजार १ सय ५०  हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा एक हजार ७ सय  ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया