कतार जाँदाको ऋण तिर्न दुई कठ्ठा जग्गा बेच्नुपर्‍यो

 चैत ६, २०७५ बुधबार १४:३४:१ | मेरो कथा मेरो भोगाई

अमोद यादव/ माझीझिट्कैया, धनुषा । 

वैदेशिक रोजगारीले कतिको घर चलेको छ । परिवारको अवस्था फेरिएको छ । तर केहीको घरबार उजाडिएको पनि छ । भएका कुरा पनि वैदेशिक रोजगारीका कारण गुमेको छ । मेरो पनि त्यस्तै भयो । वैदेशिक रोजगारीमा गएर कमाउँला भन्ने सोचेको थिएँ । तर गुमाएँ । 

१० वर्ष अगाडि म पहिलो पटक कतार गएको थिएँ । मलाई वर्कसपको काम भनेर पठाएको थियो । तर त्यहाँ वर्कसपको काम होइन लेबरको काम दियो । बालुवा, गिटी बोक्नुपर्नेदेखि अरु पनि काम गर्नुपर्ने थियो । 

यहाँ १५ सय रियाल भनेर मसँग एक लाख ५ हजार रुपैयाँ लिएको थियो । तर त्यहाँ मलाई ५ सय रियाल मात्रै दियो । त्यसमाथि खाना आफ्नै पैसाले खानुपर्ने अनि सुत्ने ठाउँ पनि राम्रो थिएन । त्यसैले बस्नै नसक्ने भएपछि म ६ महिनामै फर्किएँ । 

लेबरमा जाँदा ठगिने रहेछ भन्ने बुझें । दुई वर्ष घरमै बसें । मसँग ड्राइभिङ लासेन्स थियो । त्यसैले एजेण्टले ड्राइभरमा जाँदा पहिला जस्तो हुँदैन भनेर विश्वास दिलायो । मलाई पनि होला भन्ने लाग्यो । 

एजेण्ले पहिलेको भन्दा धेरै कमाइ हुने भन्दै एक लाख २० हजार लिएको थियो । तर त्यो पल्ट पनि म ठगिएँ । मसँग नेपालको लाइसेन्स थियो । कतारमा पुगेर त्यहाँको लाइसेन्स लिनुपर्ने थियो । तर कम्पनीले लाइसेन्स बनाइदिएन । लाइसेन्स नभएसम्म गाडी कुदाउन पाउने पाउने कुरै थिएन । त्यसैले काम पाइएन ।

ड्राइभरको काम नदिएको म्यानेजरले मलाई लेबरको काम लगायो । मैले भनेको काम दिलाउन नसक्ने भए घर फर्काइदिन भनें । कतारमा मलाई पठाउने एजेण्टको भाइ थियो ।

मैले कतारमा रहेको नेपाली दूतावासमा निवेदन पनि दिएँ । दूतावासले एजेण्टको भाइलाई बोलाएर घर फर्काउने र पैसा फिर्ता दिने सहमति गरायो । सहमतिको त्यही कागज लिएर म १० महिनामा घर फर्किएँ । तर यहाँ आएपछि मैले पैसा फिर्ता पाइनँ । त्यसैले दुइ पटक जाँदाको ऋण दुई कठ्ठा जग्गा बेचेर तिरें । 

अहिले घरमा किराना पसल चलाइरहेको छु । खेतीपाती पनि गरिरहेको छु । 


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया