पाँचथर गोल्डकप: डीएफसी मोरङ उपाधि नजिक, हेटाैंडा बाहिरियाे

 चैत २९, २०७५ शुक्रबार १९:४६:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - फिदिममा जारी पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा डीएफसी मोरङ उपाधि नजिक पुगेको छ ।

शुक्रबारकाे पहिलो सेमिफाइनल खेलमा विजय युथ क्लब हेटौंडालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलियो ।

एक गोलको अग्रतालाई जोगाउन नसक्दा हेटौंडा सेमिफाइनलबाट बाहिरियाे। ४६ औँ मिनेटमा हेटौंडाको तर्फबाट सुनिल बलले गोल गरे  । तर हेटौंडाको अग्रता लामो समय टिक्न सकेन ।

४९ औँ मिनेटमा मोरङका संजोग राईले बराबरी गोल गर्दै खेलको म्यान अफ द म्याच चुनिए ।

टाइब्रेकरमा डीएफसी मोरङका  क्याप्टेन बिक्रम लिम्बू, हेमन्त थापामगर, पुजन उपरकोटि र विदेशी खेलाडी आरमान भिदुनले गोल गर्दा नविन गुरुङको प्रहार हेटौडाका गोलकिपर अशोक बरालले रोके ।

हेटौडाको तर्फबाट विदेशि खेलाडिद्धय, टेम्पे र हमिड तथा सुलिन वलले गोल गर्दा सरोज दाहालको प्रहारमा पोलमा ठोक्कियाे भने भने रेजिन सुब्बाको प्रहार बाहिरियो ।

प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेलमा दार्जिलिङ युनाइटेड भारत र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया