तालिमकाे खाजा खाँदा आठ जना बिरामी, दुई जनाकाे अवस्था गम्भीर

 जेठ १, २०७६ बुधबार २०:१९:१७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा खाजा खाँदा आठ जना बिरामी परेका छन् ।

बिरामी पर्नेहरुमा १७ वर्षीया रेनुका दास, १९ वर्षीया विष्णु विक, सोना लिम्बू, ९ वर्षीया मुना लिम्बू, २३ वर्षीया मनकुमारी फियाक, २२ वर्षीया लक्ष्मी लिम्बू, १८ वर्षीया मनिषा लिम्बू र १३ वर्षीया युहाना लिम्बू रहेका छन् । बिरामी परेकामध्ये लक्ष्मी र मनिषाको अवस्था सिकिस्त रहेको बताइएको छ ।

उनीहरुको फिदिमकाे समर्पित अस्पतालमा तथा अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय जस्मिता फियाकको घरमा चलिरहेको तीन महिने ढाका बुनाइ तालिम लिइरहेका उनीहरु वैशाख ३० गते खाजा खाएपछि बिरामी परेका हुन् । उनीहरुलाई बुधबार अस्पताल भर्ना गरिएको हो ।

उनीहरुले खाएको खाजामा प्रयोग गरिएको नूनमा शिशाका कणजस्ता वस्तु भेटिएको फाल्गुनन्द–२, का वडाध्यक्ष समेत रहनुभएका तालिम आयोजना गरिरहेको संस्था मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिं नेम्बाङले बताउनुभयो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । तालिमको प्रशिक्षक समेत रहनुभएकी घरधनी जस्मिताका अनुसार घटना भएको अघिल्लो  दिन राति घरको किचन खुला छाडिएको र मौका छोपेर कसैले नूनमा विषाक्त वस्तु मिसाएको हुनसक्ने आशंका गरिएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया