प्रसाद खाँदा  पाल्पामा ९५ जना बिरामी

 जेठ २, २०७६ बिहिबार २०:१२:५३ | देव पचभैया
unn.prixa.net

 पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा प्रसाद खाएकाहरु बिरामी परेका छन् ।  

छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर  बिरामी परेका हुन् । बिरामी परेका मध्ये १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख सुन्दर तरामु मगरले जानकारी दिनुभयो । 

यस्तै १२ जनालाई गाउँमै सलाइन पानीसहितको औषधि दिइएको छ भने अरुको पनि उपचार भैरहेको छ । फूड प्वाइजनका कारण बिरामी परेको आशंका गरिए पनि यथार्थ पत्ता लाग्न सकेको छैन ।

अहिले घटनास्थलमा डाक्टरहरु पुगेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया