पाँचथर सामूहिक हत्याकाण्ड : हत्या गरिएका बमबहादुर फियाकका ज्वाइँको शव झुण्डिएको अवस्थामा फेला

 जेठ ७, २०७६ मंगलबार १३:३०:६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मिक्लाजुङ गाउँपालिका– ३ को आरुबाेटेमा ९ जनाको विभत्स हत्या गरिएको घटनास्थल नजिकै एकजना युवकको शव झुण्डिएको अवस्थामा शव फेला परेको छ । 

मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवले वताउनुभयो । माखिम सोमबार राति विभत्स हत्या गरिएका बमबहादुर फियाकको ज्वाइँ रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । अध्यक्ष माखिमका अनुसार मानबहादुर माखिम बमबहादुर फियाकका कान्छी छाेरीका श्रीमान हुन् ।

९ जनाको विभत्स हत्या भएको घटना स्थलबाट झण्डै साढे एक घण्टाको दूरीमा माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको हो । माखिमको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । झुण्डिएका व्यक्तिको हत्याकाण्डमा संलग्नता भए/नभएको खुलेको छैन ।

९ जनाको विभत्स हत्याको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश–१ प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । 

पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

 

 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया