शीतल योङहाङका हत्या आराेपी दमकबाट पक्राउ

 जेठ १९, २०७६ आइतबार १७:१९:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – हिलिहाङ गाँउपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्या गरेर फरार रहेका पदम तामाङ पक्राउ परेका छन् ।

तामाङलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरले बताउनुभयो । 

फाल्गुनन्द गाउँपालिका–२ पात्लेभञ्ज्याङका तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोग लिएर गएको वैशाख २९ गते साँझ शीतलको गाउँमै पुगेर घाँटी रेटेर हत्या गरी शव सडक छेउमा फालेका थिए । बाँस्तोलालाई प्रहरीले वैशाख ३० गते नै पक्राउ गरेको भए पनि तामाङ फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथर र झापाका विभिन्न प्रहरी युनिटसँगको सहकार्यमा तामाङलाई पक्राऊ गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो । 

पदम र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि शीतलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाका मुख्य योजनाकार तामाङ पक्राउ परेकाले घटनाको थप रहस्य अब खुल्ने प्रहरीले जानकारी दिएको छ । 

किशोरीको हत्या भएको २१ दिनपछि घटनाका मुख्य आरोपितलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया