पाँचथरको  फलैँचामा पहिरो: वर्षाका कारण राहत टोली पुग्न सकेन, बिजुली पनि बन्द

 असार ११, २०७६ बुधबार १९:२७:२४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - याङवरक गाउँपालिका–२, फलैँचामा निरन्तरको वर्षापछि गएको पहिरोले ६ बस्ती जोखिममा परेका छन् ।

मंगलबार राति १ बजेतिर गएको पहिरोले यहाँका सेपी, चिङमा, वेतेनी, धिमाल, मुक्लाबु, र गङ्गावा बस्तीका घर जोखिममा परेको वडा सदस्य प्रेमकुमार राइले जानकारि दिनुभयो ।

पहिरोबाट मानवीय क्षति नभए पनि मुक्लाबुका पहलमान राइको घर बगाएको छ भने ७० भन्दा बढि चौपाया पुरेको वडासदस्य राइले बताउनुभयो । पहिरोले पुर्‍याएको क्षतिको विवरण पूरा आउन बाँकि छ । 

अहिलेपनि यस वर्षा भइरहेकाले पहिरोले जोखिममा पारेका घरका मानिसहरु सुरक्षित स्थानमा बस्न स्थानीय डुँडे चौरमा पुगेका छन् । पहिरोले ती बस्तीहरुमा सञ्चालित चिङवा रवि खोला लघु जलविद्युत आयोजनामा पनि क्षति पुर्‍याएको छ । पहिरोले आयोजना अवरुद्ध भएपछि स्थानियसँग फोनसम्पर्क पनि हुन नसकेको वडासदस्य राइले जानकारी दिनुभयो ।

पहिरोले खानेपानीको ट्यांकीसमेत पुरेको छ राहतको लागि गएको टोली वर्षाका कारण आइपुग्न सकेको छैन ।

गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ नेतृत्वको टोली राहतको लागि गए पनि निरन्तरको वर्षाले सडक हिलाम्ले भएपछि अझैसम्म पुग्न नसकेको बताइएको छ । यातायातको पहुँचबाट टाढा रहेका ती बस्तीमा सवारी साधनबाट ओर्लेर २ घण्टा पैदलपछि मात्र पुग्न सकिने हुँदा राहत वितरण गर्ने टोली पुग्न समय लाग्ने  वडा सदस्य राइले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया