खोलाले बगाउँदा घाइते भएकी बालिकाको ज्यान गयो

 असार २७, २०७६ शुक्रबार १५:४२:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – थाहा नगरपालिका-३ मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चनम बलामीको ज्यान गएको छ । 

दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । उपचारका क्रममा अस्पतालमा  उनकाे ज्यान गएको हो । 

विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामीलाई दम्कीबाट बगाएको थियो । स्थानीयले उद्धार गरी सन्ताेषलाई उपचारका लागि अस्पताल पुर्‍याएका छन् । 

त्यस्तै मकवानपुरको कैलाश गाउँपालिका-५, कालीखोलामा आएको पहिरोमा परि एक महिला बेपत्ता भएकी छिन् । तारामाया पाख्रिन पहिरोमा परि हराइरहेको कैलाश गाउँपालिका वडा नम्बर-५, का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो ।

वर्षा जारी रहेको र खोला तर्न नसकिएको कारण स्थानीय बासिन्दाहरु घटनास्थल पुग्न सकेका छैनन् ।  हराइरहेकी महिला ५ नम्बर वडा सदस्य मानबहादुर पाख्रिनकी आमा हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया