पहाड र तराई जोड्ने द्रुतमार्ग-तमोर करिडोर: सात प्याकेजमा काम हुँदै

 असार ३१, २०७६ मंगलबार १४:५६:७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पूर्वी पहाडलाई तराई र  काठमाण्डाैसँग जोड्ने द्रुतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम सात प्याकेजमा भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
आउँदाे असोज महिनासम्म ट्रयाक खोल्ने काम सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । ६ अर्ब २३ करोड ४९ लाखको लागतमा २०७४ सालदेखि सुरु भएको योजना प्रमुख अभिमन दास मुल्मीले बताउनुभयो ।

१ सय ४८ किलोमिटर लम्बाइ, १० मिटर चौडाइ रहेको करिडोर आयोजना पाँचथरको गणेश चोकदेखि धनकुटाको मुलघाटसम्म १ सय १२ किलोमिटर छ । त्यस्तै मुलघाटबाट बराहक्षेत्र कोशी पुलसम्म ३६ किलोमिटरको दूरी रहेको छ ।

अहिले सात प्याकेजमा विभाजन गरेर आयोजना निर्माणको काम भइरहेको योजना प्रमुख मुल्मीले बताउनुभयो । पहिलो प्याकेज अन्तर्गत २६ किलोमिटर लम्बाइ रहेकाे गणेशचोक–मुक्तुुरा खोला खण्ड निर्माण कार्य रसुवा–तुँदी जेभीले गर्दै आएको छ  काम अन्तिम चरणमा पुगेकाे याे प्याकेजकाे ट्रयाक खोल्न झण्डै ४ सय मिटर बाँकी छ ।

मेची राजमार्गको गणेशचोक उद्गमस्थल रहेको करिडोरको पहिलो प्याकेजको दूरी साढे २६ किलोमिटर छ । दोस्रो प्याकेज मुक्तुरा खोला –सिवा दोभान खण्डकाे १६ किलोमिटर श्रेष्ठ एपेक्स एण्ड थेगिम जेभीले निर्माणको जिम्मा लिएर काम गररहेको छ ।

त्यस्तै, सिवा खोला क्षेत्रमा भने माझिटारदेखि ठिक माथि मध्यपहाडी लोकमार्ग क्षेत्रमा जोड्न करिब ३ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । तेस्रो प्याकेज सिवा दोभानदेखि लोरिपा खोला खण्ड १९ किलोमिटर छ ।

यो प्याकेजको लामा–पीएस–बिरूवा जेभीले जिम्मा लिएर काम गरिरहेको खतिवडाले बताउनुभयाे । यो प्याकेजमा वन क्षेत्र भएकाले डिभिजन वन कार्यालयले झण्डै तीन महिना रोकिदिएको निर्माण कम्पनीले जनाएको छ ।

चौथो प्याकेज लोरिपा दोभानदेखि नावाखोला खण्ड २१ किलोमिटर पर्दछ । रौताहा सन्तोषी जेभीले जिम्मा लिएर यो सडक खण्डको काम धमाधम काम गर्दैछ । यो सडक खण्डकाे झण्डै दुई किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको छ ।

पाँचौँ प्याकेजमा नावाखोला–लेउतीपुल खण्ड ३० किलोमिटर पर्दछ । रौताहा सन्तोषी जेभीले नै निर्माणको जिम्मा पाएको ३० किलोमिटर दूरी रहेको नावाखोला–लेउतीपुल खण्डमा भने ट्रयाक खुलिसकेको छ ।

छैटाैँ प्याकेज लेवती पुलदेखि सानो सफाइ धनकुटासम्म पर्दछ । यसकाे लम्बाइ साढे १७ किलोमिटर छ । यो सडक खण्डकाे जिम्मा कालिका–थोदुङ–महालक्ष्मी जेभीले पाएकाे छ ।

यस्तै सातौँ प्याकेजमा सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुल खण्डसम्म पर्दछ । यो सडक खण्डकाे शर्मा एण्ड कम्पनीले निर्माण जिम्मा लिएर काम सम्पन्न गरिसकेको छ ।

सबै ट्रयाक खोलिसक्दा करिडोर निर्माणको प्रगति ८० प्रतिशत सम्पन्न हुने योजना कार्यालय फिदिमका इन्जिनियर प्रमोद खतिवडाको भनाइ छ । तमोर करिडोर पाँचथरको माझीटारबाट मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । 

यो सडक पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । तमोर करिडोरले पहाडी जिल्लावासीलाई प्रदेशको राजधानीसँग जोड्ने भएकाले पहाडी जिल्लाका बासिन्दाहरुलाई शिक्षा र स्वास्थ्यकाे पहुँच सहज हुने संघीय सांसद बसन्तकुमार नेम्बाङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया