नेपालगञ्जको वीपी चोकमा आगलागी हुँदा एक दर्जनभन्दा बढी फर्निचर पसल जलेर नष्ट

 साउन २४, २०७६ शुक्रबार ८:५२:२८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज उपहानगरपालिकाको वीपी चोकमा बिहीबार राति  आगलागी हुँदा एक दर्जनभन्दा बढी फर्निचर उद्योग जलेर नष्ट भएका छन् ।

बिजुली शर्ट भएर आगाे लागेकाे हुनसक्ने प्रारम्भिक अनुमान गरिएकाे छ ।

व्यवसायीहरुले आगलागीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको दावी गरेका छन् ।१२ वटा फर्निचर पसल र नजिकै रहेको सरदार डेन्टल आर्ट गरी १३ पसलमा आगलागीले क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

राति ११ बजेतिर सुरु भएको आगो शुक्रबार बिहान मात्र नियन्त्रणमा आएको थियाे । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र गुलरिया नगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । व्यवसायीहरुले दमकल समयमै नपुगेका कारण क्षति बढी भएको गुनासाे गरेका छन् । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया