अघि बढ्यो नेपालकै अग्लो भ्यू–टावर निर्माणको काम

 भदौ ९, २०७६ सोमबार १०:१६:५० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सातदोबाटो नजिकैको लेकमा नेपालकै अग्लो भ्यू–टावर बन्ने भएको छ । रोल्पा नगरपालिकाले गौरवको योजना अन्तर्गत नगरपालिकाको ३ नम्बर वडामा पर्ने सात्दोबाटो नजिकैको लेकमा नेपालकै सबैभन्दा अग्लो भ्यू–टावर बनाउन सुरु गरेको हो ।

१ सय १० फिट उचाइ रहने भ्यू टावर अबको दुई वर्ष भित्र बनाई सक्ने नगरपालिकाको योजना रहेको छ । ५ करोड बढी लगानीमा निर्माण हुने भ्यू टावरको ऊर्जा जलस्रोत तथा सिँचाइँ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको हो । 

भ्यू टावरको शिलन्यास गर्दै मन्त्री पुनले सबैभन्दा धेरै सम्भावना बोकेको पर्यटन क्षेत्र भएकाले यस्ता पूर्वाधारले पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो ‘पर्यटनमार्फत रोजगारीको श्रृजना गर्न सकिन्छ ।’ 

समुद्री सतहबाट करिब २३ सय मिटर उचाइमा रहेको यो लेकबाट मौसम सफा रहेको बेला धौलागिरी, अन्नपूर्ण, सिस्ने हिमाल हेर्न सकिन्छ । आउँदो २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको नगरपालिकाले यो भ्यू टावरलाई नेपालकै अग्लो बनाउने बताएको छ ।

पर्यटन प्रवर्द्धनका लागि यसअघि नै युद्ध पर्यटन, रक गार्डेन जस्ता नयाँ अवधारणा ल्याएको रोल्पा नगरपालिकाले फेरी नेपालकै अग्लो भ्यू टावर निर्माण कार्य सुरु गरेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । ‘यसले यस क्षेत्रको मात्र नभएर समग्र प्रदेश ५ र देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।’ प्रमुख केसीले भन्नुभयो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया