तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिएको आरोप लागेका १४ जनाविरुद्ध मुद्दा दर्ता

 भदौ १८, २०७६ बुधबार १४:५:२ | सुमन गुरुङ
unn.prixa.net

कास्की - तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोप लागेका १४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

वंशजको आधारमा नागरिकता बनाइदिने प्रकरणमा बाबु बनेर सनाखत गर्ने पोखरा-१८ का लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगरसहित प्रकरणमा मुछिएका १४ जनाविरुद्ध मंलबार मुद्दा दर्ता गरिएको हाे । 

नागरिकता बनाउन सर्जमिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापा, कमल थापा र इमा थापाविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता भएको हो । पोखरा-१८ का वडाध्यक्ष रणबहादुर थापा, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायब सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल, रामचन्द्र थापा र पोखरा-१८ का पूर्व स्थानीय पञ्जिकाधिकारी विष्णुप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता भएको कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

जिल्ला प्रशासनका ५ कर्मचारी भने हालसम्म फरार रहेको उहाँको भनाइ छ । उनीहरुविरुद्ध विभिन्न मितिमा प्रहरीले कास्की अदालतबाट पक्राउ आदेश लिइसकेको छ ।

फरार हुनेमा जिल्ला प्रशासन कास्कीका अधिकृत ऋषिराम आचार्य, खरिदार परशुराम पौडेल र रामचन्द्र थापा, नासु डाँसीराम लामिछाने र पोखरा १८ नम्बर वडाका पूर्व स्थानीय पञ्जिकाधिकारी विष्णुप्रसाद पौडेल रहेका छन् । 

शर्माका अनुसार फरार बाहेक ९ जनाको बुधबार अथवा बिहीबार बयान लिइने र फरार ५ जनालाई म्याद जारी गरिनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया