उदाहरणीय जनप्रतिनिधि: वडाकाे भवन बनाउन वडाध्यक्षद्वारा १५ धुर जग्गा उपलब्ध

 भदौ २०, २०७६ शुक्रबार १८:३६:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिका-१० का वडाध्यक्ष माणिकलाल मुक्तानले आफ्नै वडा कार्यालयलाई १५ धुर जग्गा पास गरेर दिनुभएकाे छ ।

वडाध्यक्ष मुक्तानले १५ धुर जग्गा निःशुल्क पास गरेर दिएको त्यसै वडाका सचिव रामचन्द्र शिवाकोटीले जानकारी दिनुभयाे । आफ्नै वडा कार्यालय भाडामा राखिरहनु परेकोले जग्गा उपलब्ध गराएकाे वडाध्यक्ष मुक्तानकाे भनाइ छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित मुक्तानले बिहीबार कैलाश गाउँपालिकाका सामाजिक परिचालक मोहन पौडेल र वडासचिव शिवाकोटीको रोहवरमा मालपोत कार्यालयमा कित्ता नम्बर १५७९ को १५ धुर जग्गा पास गरेर दिनुभएकाे हाे ।

अब केही समयमा नै आफ्नै जग्गामा भवन बनाएर वडा कार्यालय सञ्चालन गरिने उहाँले बताउनुभयाे ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया