कानुनी राज्यको पालना गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलेकाे छ : मुख्यमन्त्री पौडेल

 असोज २४, २०७६ शुक्रबार १४:५६:१९ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा –  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुनी राज्यको पालना गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

६४ औँ प्रहरी दिवसको अवसरमा प्रदेश नम्बर ३ को प्रहरी कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कानुनी राज्यको कार्यान्वयन गर्न प्रहरीले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । 

नागरिक मैत्री प्रहरी बन्नका लागि पनि मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभयो । प्रदेश सरकार प्रहरीको सबै प्रकारको व्यवस्थापनमा लागिपरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । 

प्रदेश सरकार प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने तयारीमा लागेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेश प्रहरीलाई जनस्तरसम्म सुदृढ बनाउने नीति लिएका छौँ । प्रहरी र जनताबीचको सहकार्यलाई अझै बलियो बनाउन आवश्यक नीतिगत सुधार गर्न पनि प्रदेश सरकार तयार रहेको छ ।’ मुख्यमन्त्री पौडेलले प्रहरी नागरिकका सेवक रहेको बताउनुभयो ।  

कार्यक्रममा प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शेरबहादुर बस्नेतले नागरिकको सेवा गर्न आफुहरु सधैँ तयार रहेको बताउनुभयो । उहाँले अपराध नियन्त्रण गर्न प्रविधिको प्रयोग गरेको दाबी गर्नुभयो ।  

पूर्व प्रहरीलाई दिवसको बेलामा औपचारिकता पूरा गर्नमात्र सम्झने गरेकोमा पूर्व प्रहरी संगठन ३ नम्बर प्रहरीका संयोजक प्यारासिंह योञ्जनले गुनासो गर्नुभयो । 

कार्यक्रममा अमर प्रहरी परिवार, उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलका विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया