जनप्रतिनिधिसहित पाल्पामा १९ जुवाडे पक्राउ

 असोज २४, २०७६ शुक्रबार १५:२३:१६ | देव पचभैया
unn.prixa.net

पाल्पा – जनप्रतिनिधिसहित पाल्पामा १९ जना जुवाडे पक्राउ परेका छन् ।

तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिष्णुबहादुर कार्कीसहित १९ जनालाई जुवाखालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

तानसेन नगरपालिका–१, गैरेगाउँस्थित होमराज बस्यालको घरबाट ५ लाख ५५ हजार रुपैयाँसहित  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तानसेन ११ का पदम बिष्ट, घरधनी तानसेन–१, का हुमराज बस्याल, तानसेन–५, का निरन्जन दर्जी, तानसेन–१, का किरण शर्मा, सन्तोश खाती, किस्मत खाती , रम्भा गाउँपालिका ३ का सुदन बैदवार र अर्जुन बैदवार, तानसेन १ का राजु खनाल , सुनिल पंगेनी, हरिप्रसाद शर्मा, देवराज बस्याल, बगनासकाली गाउँपालिका–६ का रामप्रसाद बस्याल, तानसेन ६ का अशोककुमार महर्जन,  रम्भा गाउँपालिका ३ का मिनबहादुर बैदवार, तानसेन १ का किरण खाती, रामु खड्का, अनिरुद्र खड्का पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया