उपभोक्ता मञ्चका अध्यक्षकै होटलमा उपमेयरलाई बासी 'चाउमिन' दिएपछि...

 असोज २४, २०७६ शुक्रबार १९:५१:६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – बर्दिवास नगरपालिकामा रहेको होटल शीशमहलमा नगर उपमेयर कृष्णमाया गौतमलाई खान दिइएको चाउमिन (खाजा) बासी र सडेको भेटिएको छ ।

होटलमा शुक्रबार दिउँसो नगर बाल सञ्जालको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामुदायिक परिवार संघ महोत्तरीको साझेदारीमा बालिका दिवसको अवसरमा बालिका संरक्षणसम्बन्धी साझा संवाद कार्यक्रममा नगर उपमेयर गौतमलाई खान दिइएको खाजा यस्ताे भेटिएको हो ।  

चाउमिन दुर्गन्धित र सडेको भेटिएपछि खाजा नखाइ उपमेयर लगायत बालबालिका र अन्य सहभागी कायक्रमबाट बाहिरिएका थिए । 

उपमेयरको संयोजकत्वमा नगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरे पनि त्यसको प्रभावकारिता खासै नदेखिएको यो घटनाले पुष्टि गर्छ । घटनाको विषयमा सत्य, तथ्य छानबिन गरी दोषी ठहरिए तीन दिनभित्र कडा कारबाही गरिने उहाँले बताउनुभयो । 

साथै अखाद्य वस्तु बिक्री गर्ने होटल शीशमहलका सञ्चालक दिपेन्द्र पराजुली राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष हुनुहुन्छ । साथै उहाँ बर्दिवास नगरपालिकाको बजार अनुगमन समितिको सदस्य पनि हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • भगवान घिमिरे

    Oct. 12, 2019, 6:12 a.m.

    चोर लाइ नै चाबी दिएको रहेछ कसरि सुरक्षित हुन्छ त दराज को समान ?जनताको स्वास्थ्यमा खेलवाड गर्ने यस्ता कुलंगार लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्छ र साथै उपमेयर लाइ समेत। अनि मात्र जनताले सरकार छ भन्ने महसुस गर्छन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया