अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिउँले पुरिएर ज्यान गयो, दुई घाइते

 कात्तिक ६, २०७६ बुधबार १८:१३:३१ | सुमन गुरुङ
unn.prixa.net

कास्की - अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा हिउँपहिरोले पुरिएर पोखरा– ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालकाे ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका पोखराका सन्तोष बास्तोला र निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।  अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् ।

घाइतेको हेलिकोेप्टरबाट उद्धार गरी अस्पताल ल्याइएको थियाे भने  खराब मौसमका कारण शव ल्याउन सकिएको छैन । हिउँपहिरोबाट थुप्रिएको ढिस्कोले पुरिँदा खनालको ज्यान गएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो । 

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा फोटो खिच्ने क्रममा ढिस्कोले पुरिएर ज्यान गएको प्रहरीले जनाएकाे छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया