कास्की क्षेत्र नम्बर २ मा नेकपाकाे उम्मेदवार विद्या भट्टराई

 कात्तिक ८, २०७६ शुक्रबार १८:२९:५१ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कास्कीको क्षेत्र नम्बर २ मा मंसिर १४ गतेका लागि तय भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीले स्व.रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।  

शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो   नेकपा केन्द्रीय कार्यालयले कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा आकांक्षी उम्मेद्वारहरुको नामावली पठाउन जिल्ला पार्टी कमिटीलाई पत्राचार गरेको थियो । 

पार्टीको जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मद उम्मेद्वारको रुपमा भट््टराईलाई सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बताउनुभयो ।  

क्षेत्र नम्वर २ बाटै विजयी बन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका स्व.रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा पत्नी भट्टराईलाई उम्मेद्वार बनाउन सिफारिस गरिएको नेकपा कास्कीले जनाएको छ ।  

केही समय अगाडि नेकपाका प्रभावशाली नेता बामदेव गाैतम कास्की २ बाट चुनाव लड्ने चर्चा चलेको थियो ।  पछि उहाँ उपचुनावमा नउठ्ने भएपछि धेरै जनाको नाम चर्चामा रहे पनि भट्टराईलाई सर्वसम्मत रुपमा सिफारिस गरिएकाे हो । भट्टराईलाई सर्वसम्मत रुपमा नै सिफारिस गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । 

गएकाे फागुन १५ गते पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो । उहाँको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपचुनाव हुँदैछ ।

पार्टीले जित्नै पर्ने दबाब रहेकाले चर्चित नेता अधिकारीकी श्रीमतीलाई नै उम्मेद्वार बनाउन सिफारिस गरिएको हो । यसअघि साझा पार्टीले कास्की २ को उम्मेद्वारको रुपमा रजनी केसीलाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको । 

कांग्रेसले भने उम्मेद्वार चयन गर्न सकेको छैन । कांग्रेस जिल्ला कार्यसमितिले उम्मेद्वार बन्न आकांक्षी १६ जनाको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

1 Comments

  • dhama paudyal

    Oct. 26, 2019, 8:13 p.m.

    अब बरु महा भारत युद्धमा जस्तै सबै नेता आफु आफु लडेर मरे / अनि ओलि प्रचन्ड लगायतले भने मोज गर्ने थिए ।

  •  0 Reply

तपाईको प्रतिक्रिया