बर्दिया निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट माहुतेको ज्यान गयो

 कात्तिक १९, २०७६ मंगलबार १५:३:१७ | भावुक योगी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट मंगलबार दिउसो एक माहुतेको ज्यान गएको छ ।

निकुञ्जभित्र गैँडा मचाननजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षिय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका तीन जना माहुतेमध्ये मंग्रु थारुलाई निकुञ्जभित्रको गैँडा मचान नजिक पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।

हात्तीका लागि घाँस काटने क्रममा पाटे बाघले माहुते थारुलाई झम्टेर केही पर लगेको र होहल्ला गरेपछि बाघले छाडेर गएको निकुञ्जले जनाएको छ ।  

बर्दियामा पछिल्लो समय पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेको छ । यसअघि निकुञ्ज भित्रबाट बाहिर आएको पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया