बहुविवाहको अभियोगमा वडाध्यक्ष जेल चलान

 मंसिर ९, २०७६ सोमबार १२:१९:५९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – बहुविवाहको अभियोगमा मन्थली नगरपालिका ६ का वडाध्यक्ष गोपालबहादुर माझी जेल चलान भएका छन् । 

विक्रम संवत २०७४ सालमा पालिका चुनावमा उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष माझीसँगै उनकी कान्छी श्रीमती पनि दुई वर्षका लागि जेल चलाए भएकी छिन् । 

भक्तपुर जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद सापकोटाको एकल इजलासले बहुविवाहको मुद्दा खेपिरहेका दुई जनालाई दुई वर्षको कैद फैसला सुनाएको हो । अदालतको फैसलापछि माझीको वडाध्यक्ष पद गुमेको छ ।   

माझीले चार वर्षअघि जेठी श्रीमतीको रुपमा कृष्णमाया माझीसँग मागी विवाह गरेका थिए । विवाह भएको केही समयपछि जेठी श्रीमतीलाई वास्ता नगरि एक्लै बस्दै आएका माझीले त्यही वडाकै एक श्रेष्ठ थरकी विवाहित महिलासँग पुनः विवाह गरेका थिए । 

उनीहरु दुवै जना भक्तपुरमा कोठा भाडामा लिएर बस्दै आएको खबर जेठी श्रीमती कृष्णमायाले थाहा पाएपछि उनले प्रहरीमा बहुविवाहको उजुरी दिएकी हुन् । 

अध्यक्ष माझीले ल्याएका कान्छी श्रीमतीको श्रीमान वैदेशिक रोजगारीमा गएको मौका छोपेर उनीहरु दुवै जना भक्तपुरमा कोठा भाडा लिएर बस्दै आएका थिए । कान्छी श्रीमतीको पहिलो श्रीमानतर्फ एक छोरा रहेका छन् । 

वैदेशिक रोजगारीबाट घर फर्किएका श्रीमानले श्रीमती र छोराको खोजी गर्दा नभेटेपछि उनले पनि प्रहरीमा निवेदन दिएका थिए ।    

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया