पोखरामा नेकपाको चुनावी सभानजिकै विस्फोट

 मंसिर ११, २०७६ बुधबार १३:४२:२७ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखरामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को चुनावी सभानजिकै विस्फोट भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको प्रदशर्नी केन्द्रनजिकै शंकास्पद बस्तु विस्फोट भएको कास्की प्रहरीले जानकारी दिनुभयो । विस्फोट भएको बस्तु बम नै भएको भने पुष्टि नभएको प्रहरीले बताएकाे छ ।

विस्फाेटबाट मानवीय क्षति भने भएकाे छैन । विस्फोटबाट पार्किङ गरिराखेको ग १ ख ८८९१ नम्बरको नगर बसमा क्षति पुगेको छ । घटनास्थलमा प्रहरीले निरीक्षण गरिराखेको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।

चुनावी सभामा नेकपाका संसदीय दलका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहँदा विस्फोट भएको हो । सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालय सदस्य वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कास्की २ मा मंसिर १४ गते उपचुनाव हुँदैछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया