१३औँ साग : ब्याडमिन्टनमा नेपालकाे विजयी सुरुवात

 मंसिर १५, २०७६ आइतबार १५:५०:३४ | सुमन गुरुङ
unn.prixa.net

कास्की - नेपाली ब्याडमिन्टन टोलीले पोखरामा आइतबारदेखि सुरु भएको १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमि फाइनलप्रवेश गरेसँगै पदक पक्का भएको छ ।

नेपालका लागि रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेका हुन् । पोखरा रंगशालामा रहेकाे ब्याडमिन्टन कभर्ड हलमा भएको प्रतिस्पर्धामा दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को नतीजा निकाले ।

त्यसैगरी प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरे ।

यसैगरी अर्को खेलमा जेसिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २१–१९ र २२–२० ले पराजित गरिन् ।

महिलातर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसालदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८ र १५–२१ र २१–१७ को सेटमा पराजित गरिन् । त्यसैगरी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरेकी हुन् ।

ब्याडमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कास्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालामा रहेकाे ब्याडमिन्टन कभर्ड हलमा प्रतिस्पर्धा गर्दैछन् ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

1 Comments

  • Ram kumar shrestha

    Dec. 2, 2019, 8:50 a.m.

    Good job

  •  0 Reply

तपाईको प्रतिक्रिया