अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ कोरोनाको मारमा, प्रदर्शन मिति सर्‍याे

 फागुन ३०, २०७६ शुक्रबार १०:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ । 

कैयौँ देशमा विद्यालयहरु बन्द गरिएका छन्, संघसंस्थाहरुका कर्मचारीलाई बिदा दिएर घरबाटै काम गर्न लगाइएको छ । यात्राहरु रद्द गरिएका छन्, प्रचार तथा फिल्म छायाँकनका कामहरु स्थगित गरिएका छन् । यसको असर भारतीय फिल्म उद्योगमा पनि परिसकेको छ, कैयांँ फिल्मको छायाँकन तथा प्रदर्शनको मिति पछाडि धकेलिएका छन् । 

अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ यही मार्च २४ मा रिलिज हुने भनिएको थियो । तर यस फिल्मलाई पनि कोरोना भाइरसको असर परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको प्रदर्शन मिति पछाडि धकेलिने बताइएको छ । 

फिल्मका निर्देशक रोहित शेट्टी, अभिनेता अक्षय कुमार र निर्माता करण जोहरले रिलायन्स इन्टरटेनमेन्ट फिल्मको प्रदर्शन मिति सार्ने विषयमा बैठक बसेर छलफल गरिसकेका छन् । फिल्मको ट्रेलर यही मार्च २ मा सार्वजनिक गरिएको थियो । यस फिल्मको पहिलो गित रिलिज पनि कोरोनाकै कारण स्थगित गरिएको छ । 

कोरोना भाइरस संसारभर महामारीको रुपमा फैलिरहेको छ । यसै कारण फिल्म निर्माताहरु घाटाको व्यापार गर्न चाहिरहेका छैनन् । खबरहरुका अनुसार ‘सूर्यवंशी’को टिमले अर्को महिनासम्मको लागि फिल्म प्रदर्शन स्थगित गर्ने बताइएको छ । 

अक्षय कुमार तथा कट्रिना केफको मुख्य भूमिका रहने यस फिल्ममा अभिनेता अजय देवगन तथा रणवीर सिंहको पनि अतिथि भूमिका रहेको छ । यसैकारण दर्शकहरु फिल्म हेर्न निकै उत्साहित थिए । तर कोरोना भाइरसका कारण दर्शकहरु हलसम्म जान चुनौती हुने अनुमान गरिएको थियो । 

यसैबीच अहिले फिल्मको प्रर्दशन मिति स्थगित गर्ने खबरलाई सकारात्मक रुपमा लिइएको छ । अब फिल्म ‘सूर्यवंशी’ कहिले प्रदर्शन हुन्छ भन्ने बारेमा आधिकारिक घोषणा गरिएको छैन । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया