क्वरेण्टीनमा बसेर बोर हुनुभयो ? अब घरमै बसेर नाटक हेर्न पाइने

 चैत १३, २०७६ बिहिबार १५:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘लकडाउन’को समयको सदूपयोग गर्दै भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेको हो । 

‘कोभिड–१९ को महामारीले गर्दा अक हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुने महोत्सव निर्देशक केदार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अब घरमै बसेर नाटक हेर्न सकिनेछ र दर्शकले फेसबुकमानै प्रतिक्रिया दिन सक्नेछन् ।

हरेक बेलुकी ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट एउटा नाटक देखाइनेछ ।

श्रेष्ठले ‘क्वरेण्टीनमा अभियान नाट्य उत्सव’ मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह पनि गर्नुभएको छ । महोत्सवलाई ‘ क्वरेण्टीन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ ।

विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चका दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया