आईपीएल आजदेखि, पहिलो खेलमा मुम्बई र चेन्नई खेल्दै

 असोज ३, २०७७ शनिबार ९:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ ।

यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप-विजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ । मुम्बई र चेन्नईबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छ ।

गएकाे सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई हराएको थियो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालिको आईपीएलमा विगतमा जस्तो उद्घाटन समारोह गरिने छैन । दर्शकबिनाको रङ्गशालामा खेल हुनेछ । आईपीएल ६ महिना ढिला सुरु हुन लागेको हो । यसअघि गएको मार्च २९ मा आईपीएल सुरु हुने भनिएको थियो ।

आईपीएलको लिग चरण नोभेम्बर ३ मा सकिनेछ । फाइनल नोभेम्बर १० मा हुनेछ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया