पृथ्वी राजमार्गकाे धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिराे

 असोज ८, २०७७ बिहिबार १७:४३:२८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्गमा क्षति पुर्याएको छ । 

जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेँसीलगायत २० भन्दा बढी ठाउँमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । राजमार्गमा पहिरो आएको र केही ठाउँमा सडक भासिएपछि गाडी चल्न कठिनाइ भएको छ ।

सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ । धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग बन्द हुने गरेको छ ।

जताततै पहिरो खसेका कारण सडकमा एकतर्फी गाडी सञ्चालन भएको छ । प्रहरीले सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया